मुगु । मुगुमा कुलाे खन्ने क्रममा घाइते भएका एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे सोरु गाउँपालिका-९ खनयाका १७ वर्षीय युवराज शाहीकाे मृत्यु भएकाे हाे । खेतमा पानी लगाउनको लागी कुलो खन्ने क्रममा माथीबाट पशु चौपायाले ढुङ्गा खसाई ढुङ्गा छातिमा लागि घाईते भएका उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएकाे छ ।
गम्भीर घाइते भएका शाहीलाइ उपचारको लागी जिल्ला अस्पताल मुगु लगिएकाे र उपचारको क्रममा आज विहान मृत्यु भएको प्रहरीकाे भनाइ छ ।


नेपाल कर्म । ३० जेष्ठ २०८०, मंगलवार ११:३९