जंगली च्याउ खाँदा मकवानपुरमा एकजनाको मृत्यु, चारजना बिरामी 

मकवानपुरमा जङ्गली च्याउ खाँदा एक मृत्यु भएको छ भने चारजना बिरामी भएका छन्। आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए।



स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पु¥याएकामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया