काठमाडौं । कोपा अमेरिका फुटबलमा उरुग्वेले पानामालाई पराजित गरेको छ।

१५ पल्टको च्याम्पियन उरुग्वेले समूह ‘सी’ को खेलमा पानामालाई ३–१ ले हराउँदै समूहको शीर्षमा रहेको छ। उरुग्वेको जितमा म्याक्सिमिलिनोले १६ औं मिनेटमा पहिलो गोल गरे भने डारविना नुनेजले ८६ औं मिनेटमा दोस्रो गोल थपे।

दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा माटिस भिनाले तेस्रो गोल थपे। लगत्तै पानामाका लागि माइकल आरिमले एक गोल फर्काए। आजै भएको अर्को खेलमा खेलमा अमेरिकाले बोलिभियालाई २–० ले पराजित गरेको थियो।


नेपाल कर्म । १० असार २०८१, सोमबार ०९:५६