मानव बेचबिखन मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्धामा एक जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्धामा वारदातमा संग्लन रहेको फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–२ बस्ने ३२ बर्षिय गरिमा लामिछाने सापकोटालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।



परिवर्तित नामथर (२६ बबरमहल ९१३) समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सरिता लामिछाने समेत भएको मानव बेचबिखन तथा ओसारपसार मुद्धामा संग्लन फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका अनुसार प्रहरीले असार ६ गते वडा नं २ बाट पक्राउ गरि आवश्यक कार्वाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरा बबरमहल काठमाण्डौ पठाईएको छ ।

यस्तै, बैङ्किङ कसुर मुद्दाका २ महिना कैद र २ हजार जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाइन बस्ने ४५ बर्षीय यादव के.सीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थिति गराएको हो ।

जिल्ला अदालत सुर्खेतको लागत नं ३२६० को बैङ्किङ कसुर मुद्दाको २ महिना कैद र २ हजार जरिवाना तोकीएको छ । फैसला लगत्तै फरार रहेका यादवलाई जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटीएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसेको आस्थामा पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया