चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सांसद पौडेलको माग

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले चुरे संरक्षणका लागि विशेष योजना ल्याउन सरकारसँग माग गरेका छन् ।



आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा पौडेलले चुरेको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुन नसक्ने भन्दै चुरे संरक्षणका लागि बिरुवा रोप्ने अभियान नै सुरु गर्नुपर्ने बताए ।

‘गमलामा बिरुवा रोपेर चुरेको संरक्षण हुँदैन । चुरे दिवसको दिन एउटा बिरुवा रोपेर पनि चुरेको संरक्षण हुन सक्दैन । चुरेको संरक्षण गर्ने हो भने बिरुवा रोप्ने अभियान सरकारले सुरु गर्नु जरुरी छ, पौडेलले भने,सबै राजनीतिक दलका कार्यकर्ताले बिरुवा रोप्ने अभियान सुरु गर्नु जरुरी छ । एकै दिनमा हजारौँ बिरुवा रोप्न सक्यौँ, इलामदेखि कञ्चनपुरसम्म करोडौँ बिरुवा रोप्न सक्यौँ भने मात्रै चुरेको संरक्षण हुन सक्छ ।ु

चुरे मानवीय अतिक्रमणको दुष्चक्रमा परेको भन्दै चुरे दोहन रोक्न सरकार गम्भीर हुनुपर्ने पौडेलको भनाइ छ । चुरे संरक्षणका लागि निश्चित कानुनी आधार निर्माण गरेर त्यसलाई कडाइका साथ लागू गर्नुपर्ने पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया