साहित्यकार सुशीला भुसालको उपन्यास सुल्तानुको लोकार्पण गरिएको छ । ऐतिहासिक प्रेमकथामा आधारित उक्त उपन्यासको शुक्रबार प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको हो ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, प्रा।डा। पुरुषोत्तम दाहाल, समीक्षक राजकुमार बानियाँ, एमाले नेता खिमलाल भट्टराई, प्रकाशक शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलले संयुक्त रूपमा सुल्तानको लोकार्पण गरेका हुन् ।


समीक्षक बानियाँले १५औँ शताब्दीको कथालाई सुन्दर रूपमा प्रस्तुत गरिएको टिप्पणी गरे । विदेशको परिवेश र विषयवस्तु फरक भएकाले पढ्दा आनन्द आउने उनको भनाइ छ । पुरुषोत्तम दाहालले विदेशी कथामा लेख्दा पनि पढ्दा रोमाञ्चित भएको र राजपरिवारका यौनको विषयलाई शिष्ट भाषामा प्रस्तुत भएकाले योभन्दा कमजोर विषयमा उपन्यास नलेख्न सुझाव दिए ।
विष्णु पौडेलले विषय उपन्यास पढ्दा सकारात्मक र ज्ञानवर्द्धक हुनुपर्ने बताए । उपन्यासकार मिनराज वसन्तले भाषा सम्पादन गरेको उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो । पुस्तकको मूल्य ५७५ रुपैयाँ राखिएको छ ।

नेपाल कर्म । ९ असार २०८१, आईतवार १२:४३