नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्षका साथ समाधान गर्नुपर्ने बताए । उनले भने, ‘यो वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ ।’


संघीय संसद सचिवालयका कर्मचारीहरु केही दिन यता सेवा सुविधाको मागसहित आन्दोलनमा छन् । उनीहरूले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

नेपाल कर्म । ९ असार २०८१, आईतवार १२:३७