नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा करण विजेता बनेका हुन् ।

ग्रान्ड फिनालेमा करणले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जितेसँगै करणले ट्रफीसहित २५ लाख रुपैयाँ नगत र अन्य पुरस्कार पनि प्राप्त गरेका छन् ।


प्रतियोगितामा पोखराकी सलोमी फर्स्ट रनरअप र सेकेन्ड रनरअप सचिन भए : फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ तथा सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरे।

नेपाल कर्म । ९ असार २०८१, आईतवार ११:१६