संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् ।

शुक्रबार मन्त्रालयको सय दिनको कामबारे जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यो वर्षे अधिवेशनमा विधेयक पारित गराउन कुनै पनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन् । मन्त्री जोशीले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसदबाट पारित हुन नसकेको स्पष्टीकरण पनि दिए ।


मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सरोकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । उनले सबै सरोकारवालाहरूसँगको परामर्शमा जो विधेयकलाई टुंगो लगाउन आफूहरू लागि परेको बताए ।
मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकारसमेत गरे । उनले सरकार संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।

नेपाल कर्म । ७ असार २०८१, शुक्रबार १६:३१