अर्मेनियाले प्यालेस्टाइनलाई औपचारिक रूपमा राष्ट्रको मान्यता दिएको छ । अर्मेनियाली विदेश मन्त्रालयले प्यालेस्टाइन र इजरायललाई दुई राष्ट्रको अवधारणामा प्रतिवद्धता जनाउँदै प्यालेस्टाइन राष्ट्रको मान्यता दिइएको बताएको छ ।


साथै अर्मेनियाले गाजामा जारी युद्ध अन्त्य गर्न पनि आह्वान गरेको छ । गाजाको अवस्था निकै नाजुक रहेको अर्मेनियाको भनाइ छ । हालै केही युरोपेली र क्यारेबियन मुलुकहरूले पनि प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिएका थिए । प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने मुलुकहरूको संख्या १४० पुगेको छ ।


नेपाल कर्म । ७ असार २०८१, शुक्रबार १६:२३