सुर्खेत । सरकारी कागज कृर्ते मुद्दाका फरार एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका–३ सानो ढुङ्गी बस्ने ३५ वर्षीय शंकर पुनलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थिति गराएको हो ।

जिल्ला अदालत सुर्खेतको लागत नं १३४२ को सरकारी कागज कृर्ते मुद्दामा ११ महिना ९ दिन कैद र ५० लाख रुपैयाँ जरिवाना तोकीएको छ । फैसला लगत्तै फरार रहेका पुनलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।


यता, अवैध रुपमा ढुङ्गागिट्टी बालुवा निकासी गर्ने क्रममा प्रहरीले ३ वटा ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको छ । बुधवार प्रहरीले गुर्भाकोट नगरपालिका–१० बाघमारे टापुस्थित भेरी नदीको किनारबाट भे १ त १३२९, भे २ त ६९१, र भे १ त ८७७८ नम्बरका ट्याक्टरहरुलाई बालुवा लोड भएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
यि ट्याक्टरहरुले अवैधरुपमा बालुवा निकासी गरिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी मेहेलकुनाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका ट्याक्टरलाई कारवाहीको लागि गुर्भाकोट नगरपालिका पठाइएको छ ।

भावना राेकाया । ७ असार २०८१, शुक्रबार १४:४९