योग नेपालको आम जीवन पद्धति होः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले योग नेपालको आम जीवन पद्धति भएको बताएका छन् । शुक्रबार विश्व योग दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



उनले नेपालको ऐतिहासिक अध्ययन तथा योग गुरुहरू र अध्येताहरूका अनुसार नेपाल योगको आदिभूमि र योगको धरोहर भएको बताए । उनले नेपालका तीन सभ्यताहरू? शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यता योगको जगमा विकसित भएको बताए ।

नेपालको सांस्कृतिक इतिहासलाई खोतल्दा पुराना भवन र शहरको निर्माणमा पनि योग र तन्त्रको ज्ञान विज्ञान एवं वास्तु इन्जिनियरिङको प्रयोग गरिएको देखिने बताए ।

उनले नेपालमा बसोवास गर्ने विभिन्न जाति, जनजातिहरूको दैनिक जीवनमा योगको व्यवस्था र प्रभाव हुनुले योग नेपालको आम जीवन पद्धति रहेको पुष्टि हुने बताए ।

प्रधानमन्त्री दाहालले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योग अभ्यासको उत्तम भूमि भएको बताए ।

तपाईको प्रतिक्रिया