सरकार देश र जनताको पक्षमा छैनः सांसद महत

नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अहिलेको सरकार देश र जनताको पक्षमा नरहेको टिप्पणी गरेका छन् । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो आरोप लगाएका हुन् ।



उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिनुभएको जवाफले पनि त्यो प्रमाणित गर्ने बताए । उनले कार्यविधिमा तीन करोडभन्दा तलको आयोजना केन्द्र सरकारले नराख्ने भनेपछि किन राखिएको भन्दै प्रश्न गरे । यसले सरकार जनताप्रति जिम्मेवार नरहेको प्रमाणित हुने बताए । प्रधानमन्त्री प्रचण्डले तीन करोडभन्दा तलका आयोजना प्रदेश र स्थानीय तहले गर्ने विषय आजको मन्तव्यका क्रममा राखे पनि केन्द्रमा राखिसकेपछि कसरी प्रदेश र स्थानीय तहले काम गर्छन् रु भन्दै प्रश्न गरे ।

उनले नेपाली कांग्रेसबिना जिम्मेवारीपूर्ण ढंगबाट देशको विकास सम्भव नरहेको बताए ।

तपाईको प्रतिक्रिया