उपसभामुख इन्दिरा रानाले रैथाने खाद्यान्नहरुको प्रवद्र्धन गर्न आवश्यक रहेको बताएकी छन्। बिहीबार काठमाडौंमा ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले जलवायु परिवर्तनका कारण रैथाने बालीहरु मासिँदै गएको बताइन्। उनले आधुनिकतामा बढी रुमल्लिँदा स्थानीय रहनसहन, चालचलन र संस्कृति लोप हुँदै गएको बताइन्।
उनले नेपाल आउने पर्यटकहरुलाई स्थानीय खानेकुराहरुले स्वागत गर्नुपर्ने बताइन्। उनले स्थानीय खानेकुराको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने बताइन्।


उनले भनिन्, ‘अहिले आधुनिकतामा ढल्किने हिसावले विभिन्न रोगहरु निम्त्याइरहेका छौँ। हामीमा भएका कयौँ रैथाने पौष्टिक आहाराहरुलाई हामीले बिर्सिरहेका छौँ। सरकारले रैथाने खानेकुरालाई प्रवद्र्धन गर्नुपर्छ। हाम्रा हिमाल र पहाडहरुमा रैथाने खानेकुरा उत्पादन हुन्थ्यो, आज जलवायु परिवर्तले स्थानीय खानेकुरा लोप भइरहेका छन्। हामीले पर्यटकहरुलाई हाम्रो खानेकुरा खुवाउनुपर्छ। हामीले कसरी त्यहाँका स्थानीय खानेकुराको उत्पादन वृद्धिका लागि एउटा छलफलबाट कानून बनाई कार्यान्वयन गर्न आवश्यक छ।’

नेपाल कर्म । ६ असार २०८१, बिहीबार १६:२४