इजरायलले ९२ हजार विदेशी कामदार लैजाने

श्रम अभाव सम्बोधन गर्न इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदार भित्र्याउने कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले मंगलवार घोषणा गरेको छ।



इजरायलले रेस्टुरेन्टमा विदेशी कामदारलाई श्रम रोजगार अनुमति दिएको यो पहिलो पटक हो।

योजनाअन्तर्गत विशेषगरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ। इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक हानी बेहोरिरहेको छ।

अक्टोबर ७ अघि इजरायलमा रहेका २९ हजार ९ सय विदेशी कामदारमध्य प्रायः खेत‚ बगैँचा‚ ग्रीनहाउस र प्याकिङ प्लान्टहरूमा काम गरिरहेका थिए।

खाली ठाउँहरू भर्ने इजरायली कामदारहरूलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ। प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध लगाइएको छ।

धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको २ किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्छन्।

विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आपूर्ति गर्ने योजनामा शुरुमा २ हजार मानिसहरूले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन्।

तपाईको प्रतिक्रिया