तीन बाेरा अवैध कपडा प्रहरी नियन्त्रणमा

सुर्खेत । छिन्चु प्रहरीले तीन बाेरा अवैध कपडा नियन्त्रणमा लिएकाे छ । भेरीगंगा नगरपालिका-५ बबई चेक पोष्टमा खटिएको पाँच जनाको प्रहरी टोलीले नेपालगंजबाट जाजरकोटतर्फ जाँदै गरेकाे जीपबाट अवैध कपडा नियन्त्रणमा लिएकाे हाे ।



जाजरकाेट जाँदै गरेकाे भे १ ख ७०२ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्दा बिल नभएको ३ वटा बोरामा टिशर्ट, पाईन्ट लगायत कपडाहरु नियन्त्रणमा लिएर गाडीलाई गन्तव्यतर्फ पठाईएको प्रहरीकाे भनाइ छ।

तपाईको प्रतिक्रिया