टी–२० विश्वकप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । आइसिसी टी–२० विश्वकप खेलेर नेपाली टिम स्वदेश फर्किएको छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह राति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो भने अर्को समूह बिहान १० बजे अवतरण गरेको हो।



अमेरिका र वेस्ट इन्डिजमा जारी टी–२० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो। नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जितनजिक पुगेर निराश बनेको थियो। नेपाल इतिहासमा नै दोस्रोपटक टी–२० विश्वकपमा सहभागी बनेको हो।

तपाईको प्रतिक्रिया