बजेट अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न सकिएन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट आफूले अपेक्षा गरे अनुरुप रुपान्तरण गर्न नसकेको बताएका छन् ।



बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद तेजुलाल चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले संसदको काम, कारबाही नियमित रूपमा सुचारु हुन नसक्दा नीति तथा कार्यक्रममा पर्याप्त छलफल हुन नसकेको बताएका हुन् । उनले पर्याप्त छलफल हुन नसक्दा आफूले अघिल्लो वर्ष नै घोषणा गरे अनुरुप बजेट तर्जुमा प्रक्रियालाई रुपान्तरण गर्न नसकेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेटमा तालमेल कायम गर्ने कोसिस गरिएको बताए । उनले थारुलगायत आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्न सरकार गम्भीर रहेको बताए ।

तपाईको प्रतिक्रिया