आईसीसी टी २० विश्वकप क्रिकेटअन्तर्गत आज बिहान भएको खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ ।

इङ्ल्यान्डले टस जितेर फिल्डिङ रोज्दै वेस्ट इन्डिजलाई ब्याटिङको निम्ता दिएको थियो । सुरुवाति ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको छ । यससँगै इङ्ल्यान्डले जितका लागि १८१ रनको लक्ष्य पाएको हो ।

वेस्ट इन्डिजका लागि ब्रान्डन किङ २३ रन बनाउँदै रिटायर्ड हर्ट भएका थिए । त्यस्तै जोनसन चार्ल्स ३८ रन बनाउँदै पेभेलियन फर्कंदा निकोलस पुरन र रोभमन पावेल ३६र३६ रन जोड्दै आउट भए ।

आन्द्रे रसेल १ रनमा आउट हुँदा नटआउट रहेका ब्याटरद्वय शेरफेन रदरहुडले २८ तथा रोमारियो शेफर्डले ५ रन जोडे ।
इङ्ल्यान्डका लागि जोफ्रा आर्चर, अदिल रशिद, मोइन अली र लियम लिभिङ्स्टनले १र१ विकेट लिए ।

नेपाल कर्म । ६ असार २०८१, बिहीबार ११:११