लागूऔषध मुद्दामा कैद सजाय ताेकिएका फरार व्यक्ति पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागूऔषध मुद्दामा कैद र जरिवना ताेकिएका एक जनालाइ पक्राउ गरेकाे छ । वीरेन्द्रनगर नगरपालिका-३ यरिचोक नजिकैबाट छविलाल गिरीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । २७ वर्षीय गिरी वीरेन्द्रनगर-४ का रहेकाे  जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ ।



गिरीलाइ सुर्खेत जिल्ला अदालतको लगत न.३५१८ अनुसार सात महिना दुइ दिन कैद सजाय र १२ हजार रूपैयाँ जरिवानाकाे फैसला तोकिएको प्रहरीले जनाएकाे छ । उनी लागूऔषध मुद्दाको फरार प्रतिवादी रहेकाे र नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएकाे प्रहरीकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया