रुसका राष्ट्रपति पुटिन पुगे भियतनाम

काठमाडौं । रुसीका राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन्। उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन्।



पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गरेका थिए।

भियतनामका कम्युनिष्ट नेताहरूसँग वार्ता गर्न आज पुटिन त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पुटिनले गत मे महिनामा आफ्नो पाँचौं कार्यकालका लागि सपथ लिएपछि चीन र उत्तर कोरियापछि दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको भ्रमण गरेका हुन्।

पुटिन सन् २०१७ पछि पहिलो पटक भियतनाम पुगेका हुन्। भियतनामका शीर्ष नेताहरूसँग वार्ता गर्नुका साथै पुटिनले भियतनामका संस्थापक नेताको शव राखिएको स्थानमा गइ माल्यार्पण गर्ने कार्यत्रmम रहेको छ।

तपाईको प्रतिक्रिया