स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रमा स्पष्ट दृष्टिका साथ काम भइरहेको बताएका छन् ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले अस्पतालहरूमा भिड व्यवस्थापनका लागि डिजिटल प्रणालीबाट कामको सुरुवात भएको बताए ।


उनले हरेक अस्पतालको आफ्नै फार्मेसी रहेको र बीमाबापत पाउनुपर्ने औषधि फार्मेसीबाट नै दिइएको उनले बताए । तर पर्याप्त औषधि भने नपाइएको र त्यसको समाधानको लागि उच्चस्तरीय टिम बनाएर काम गरिरहेको उनले बताए ।
औषधि परीक्षणको लागि सातै प्रदेशमा प्रयोगशाला स्थापना गरिने मन्त्री यादवले बताए ।

नेपाल कर्म । ५ असार २०८१, बुधबार १७:१४