इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हतियार प्रतिबन्धबारे बोलेपछि अमेरिकाले इजरायलसँग हुन लागेको उच्चस्तरीय बैठक स्थगित गरेको छ । इजरायली मिडियाका अनुसार, एक भिडियो सन्देशमा नेतन्याहूले गाजाको राफामा इजरायली डिफेन्स फोर्सलाई असहयोग हुने गरी अमेरिकाले लगाएको हतियार प्रतिबन्धबारे बोलेका थिए ।

मंगलबार जारी गरेको भिडियो सन्देशमा नेतन्याहूले गाजामा हमास र लेबनानमा हिजबुल्लाको ‘आतंकवादी’ सेनासँग लड्न आवश्यक हतियार र गोलाबारुदको आपूर्ति व्हाइट हाउसले रोकिरहेको बताएका थिए ।


यो भिडियो हेरेपछि राष्ट्रपति बाइडेनका प्रमुख सल्लाहकार रुष्ट बनेका थिए । ‘अमेरिकीहरू आक्रोशित छन् । बीबी ९नेतन्याहू० को भिडियाले धेरै क्षति ग¥यो’, एक इजरायली अधिकारीले भनेका छन् ।

नेपाल कर्म । ५ असार २०८१, बुधबार १५:५७