टी २० विश्वकप प्रतियोगिता खेल्न अमेरिक र वेस्ट इन्डिज पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम बिहीबार स्वदेश फर्किंदै छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दुई समूहमा गरी टिम भोलि स्वदेश फर्किनेछ ।

एक समूह बिहान १ बजे र अर्को समूह बिहान १० बजे स्वदेश आइपुग्ने समय तालिका रहेको छ । अमेरिका र वेस्ट इन्डिजमा आयोजित प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।


एउटा पनि खेलमा जित हात नपारे पनि नेपालले आईसीसीका पूर्ण सदस्य टिमलाई राम्रो टक्कर दिएको थियो । अमेरिका र सेन्ट भिसेन्टमा नेपाली दर्शकहरूमो पनि राम्रो उपस्थिति थियो । आईसीसीलगायत विश्वभरबाट नेपाली क्रिकेट टिम र दर्शकको निकै प्रशंसा भएको थियो योपटक । नेपालले दोस्रोपटक विश्वकप खेलेको हो ।

नेपाल कर्म । ५ असार २०८१, बुधबार १५:४५