खेलकुदमन्त्रीलाई खल्तीमा राजीनामा बोकेर हिँड्‌नुभएको छ : सांसद गुरुङ

नेपाली कांग्रेसका उपसभापति समेत रहेका सांसद धनराज गुरुङले प्रतिनिधिसभामा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई व्यङ्ग्य गरेका छन् ।



प्रतिनिधिसभाको बुधबारको बेठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटको छलफलमा भाग लिँदै गुरुङले मन्त्री श्रेष्ठले खल्तीमा राजीनामा बोकेर हिँडेको छु भनेको प्रसंग उल्लेख गर्दै व्यङ्ग्य गरेका हुन् ।

‘मन्त्रीज्यूले राजीनामा खल्तीमा बोकेर हिँड्नुभएको छ । धेरै कडा त बोल्न भएन, कतै खुत्रुक्क राजीनामा पो झरिहाल्छ कि,’ गुरुङले श्रेष्ठलाई व्यङ्ग्य गरे ।

मन्त्रीको राजीनामा आउनेभन्दा पनि त्यो पानीले भिज्छ कि भन्ने चिन्ता लागेको गुरुङले बताए । ‘पानीले भिज्छ कि भन्ने चिन्ता हो । भिज्यो भने त्यो च्यातिन्छ । नच्यातियोस् भन्ने मेरो चाहना हो, उनले भने, बरु त्यसलाई प्लास्टिकको टेपले बेरेर २०८४ सम्म सुरक्षित राख्नुहोस् ।’

गुरुङले हजार र पाँच सयको नोटमाथि प्रतिबन्ध लगाउन पनि माग गरे । उनले पहिलेदेखि नै सो माग राख्दै आएका छन् । त्यसो गरिए अवैध काम रोकिने गुरुङको तर्क छ ।

ल्भउबतयउ
‘५ सय र हजारको नोट प्रतिबन्ध लगाइए ८० प्रतिशत चुहावट भ्रष्टाचार नियन्त्रण हुन्छ । ८० प्रतिशत राजस्व चुहावट रोकिन्छ । सिरानीमुनि र खाटमुनि भएका पैसा जमिनमुनि र पानीमुनि भएका पैसा बाहिर आउँछ,’ उनले भने ।

तपाईको प्रतिक्रिया