कर्णालीसँग सिंगाे नेपाल पाल्ने ताकत छ : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले ‘नागरिकको लगानी नागरिकमै र राज्यको लगानी पनि नागरिककै’ केन्द्रित हुनुपर्ने बताएका छन् । सोमवार वीरेन्द्रनगरमा नागरिक लगानी कोषको शाखा कार्यालयको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।



उनले कर्णालीका समग्र साधन स्रोतलाई सही तरिकाले प्रयोग गर्न सके सिङ्गो देश कर्णालीले पाल्न सक्ने ताकत रहेकाे दाबी गरे । मुख्यमन्त्री शर्माले सिङ्गो राष्ट्रलाई नाफामा लिन कर्णालीलाई समृद्धि बनाइनुपर्ने तर्क पनि राखे । सरकारी स्वामित्व रहेको उक्त लगानी कोषले कर्णालीको आर्थिक विकासमा टेवा पुर्‍याउने अपेक्षा मुख्यन्त्रीकाे छ ।

तपाईको प्रतिक्रिया