नेमकिपाका सांसद प्रेम सुवालले युवा तथा खेलकुद मन्त्रालयको काम नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले युवाहरूलाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।


‘मन्त्री र युवा तथा खेलकुद मन्त्रालय छ, तर काम केही छैन,’ उनले भने । सरकारले बनाएको भ्यू टावर फोहोर मेला फाल्ने र युवाहरूको लागुऔषध प्रयोग गर्ने गरेकाले युवाहरूलाई मन्त्रालयले ध्यान दिनुपर्ने उनले बताए ।
युवाहरूलाई सैनिक तालिम दिनुपर्ने उनले बताए । सैन्य तालिम भनेको हतियारको तालिम मात्र नभएको सुवालले बताए ।

नेपाल कर्म । ५ असार २०८१, बुधबार १३:४९