प्रहरीले कबाड व्यवसायीमाथिको गरेकाे दमनबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ : प्रभु साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले कबाड व्यवसायीमाथि भएको प्रहरी दमनबारे उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जवाफ दिनुपर्ने बताएका छन् ।



बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष साहले प्रहरीको लाठी चार्जबाट मंगलबार ५० जना कबाडी व्यवसायी घाइते भएको बताए ।

‘शान्तिपूर्ण जुलुसमा किन लाठी प्रहार भयो, गृहमन्त्रीबाट जवाफ चाहन्छौँ,’ उनले भने, ‘लोकतन्त्रमाथिको मजाक देखियो । सोझा नागरिकमाथि लाठी प्रहार गरेर के सन्देश दिन खोजेको हो ?’

तपाईको प्रतिक्रिया