नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले किसानहरूको दुग्धकाे भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बर्तौलाले बिहान दूधको मूल्य दिन माग गर्दै धर्नामा उत्रेका किसानलाई अमर्यादित ढंगले पक्राउ गरिएको बताए ।


६ लाख किसनाको ६ अर्ब रुपैया भुक्तानी नपाउँदा किसान पीडित भएको बर्तौलाको भनाइ छ ।

नेपाल कर्म । ५ असार २०८१, बुधबार १३:२२