सुर्खेत । सुर्खेतसहित देशभरीमा गर्मी बढेपछि जनजीवन प्रभावित बनिरहेकाे छ । सुर्खेतमा आइतबार तापक्रम ४० डिग्री पुगेको छ । यो क्रम बढ्दोत्तरीमा छ । गर्मीले हैरान बनाइरहेकाे बेला सुर्खेतमा अनियमित विद्युतले थप समस्या थपिएकाे छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले अनियमित विद्युतबारे स्पष्टीकरण दिएकाे छ । सामाजिक सञ्जाल फेसबुकमा विद्युत अनियमित हुनुकाे फिरस्ती कार्यालयले पाेष्ट गरेकाे छ । पाेष्टमा भनिएकाे छ, हाल नेपालमा लोड सेडिङको अन्तसंगै नेपाल विधुत प्राधिकरण अन्तर्गतका हरेक वितरण केन्द्रहरुको टाउको दूखाईको विषय बनेको सवाल हाे ‘जनसाधारणको प्रश्न बत्ती कहिले आउछ ?’


नागरिकले यस्ताे भन्नु स्वाभाबिक भएकाे तर प्रश्नले मात्रै समस्याको सामाधान नहुने कार्यालयले बताएकाे छ । एकछिन बत्ती निभ्न पाएको हुँदैन नोलाइटमा रहेका फोन बत्ती के भयो ?, बत्ती कति खेर आउछ ?, बत्ती कहिले आउछ ?, बत्ती कहा गयो ? कति समय लाग्छ ?, कहा के भएको हो ?, बत्ती किन काटेको हो ?,लोडसेडिङ गर्न थालेको हो ? बत्ती छिटो पठाउनु त भन्रे प्रश्नले हैरानी भएकाे कार्यालयकाे भनाइ छ ।
प्राधिकरणले सुर्खेतमा विद्युत अनियमित अर्थात् बत्ती जाने कारणहरु बारे यस्ताे जवाफ दिएकाे छ:
१. वितरण लाइन, वितरण ट्रान्सफर्मर आदीमा समस्या आएमा वा अपग्रेड गर्नूपर्ने भएमा । सव-स्टेशनबाट निस्केको ११ के.भी. को वितरण लाइन (फिडर )मा ठाउँ ठाउँमा वितरण ट्रान्सफर्मरहरु राखी ४००/२३० भोल्टका लाइन तानी ग्राहकहरुको घर घर सम्म विधुत पूर्याइएको हुन्छ । बत्ती जाने कारणहरु मध्ये सबभन्दा बढी कारणहरु यसै वितरण लाइन तथा उपकरणहरु बाट हुन्छन। तर यी लाइनमा समस्या हुँदा कुनै क्षेत्र विषेशमा मात्र बत्ती हुँदैन् । वितरण लाइन तथा उपकरणमा सामान्यता हुने समस्याहरु यस प्रकारका छन् ।

क. कसैको घरको सर्भिस कनेक्शनमा समस्या आएमा सो घरमा मात्रै बत्ती हुँदैन ।
ख. एल.टि. लाइन (४००/२३० भोल्ट )को कूनै फेजको तार चुडिएमा सो लाइनमा चुडिएको तार पछि सर्भिस कनेक्शन भएका घरहरुमा बत्ती हुँदैन ।
ग. वितरण ट्रान्सफर्मरको एल टी लाईन साईड मा MCCB ट्रिप हुने वा Fuse जाने हुन सक्छ । यो समय मा त्यो transofrmer बाट सप्लाई भएका ग्राहक को मा लाईन हुँदैन । एस्तो भए बिद्युत अफिसमा जानकारी गराउ ।
घ. वितरण ट्रान्सफर्मरको एच.टि .(११ के.भी.) साइडको फ्यूज गएमा । यस्तो बेलामा कतिवटा फ्यूज गएको छ सोही अनूसार बत्ती कूनै घरमा मधुरो त कूनै घरमा राम्रै वा नहुन पनि सक्छ । स्तो भए बिद्युत अफिसमा जानकारी गराउ ।
ङ. ११ के.भी. लाइनको जम्पर आउट भएमा वा त्यसमा रहेका पिन वा डिक्स इन्सुलेटर फुटेमा /पंचर भएमा वा कुनै ठाउँमा तार चुडिएमा वा कतै पोल भाँचिएमा वा कतै रुख, हांगा लागेमा सो फिडरमा रहेका ग्राहकहरुमा बत्तीको समस्या आउछ ।
च. वितरण ट्रान्सफर्मर जलेमा उक्त एरियामा लाइन हूदैन र जलेको ट्रान्सफर्मरको ठाउँमा अर्को ट्रान्सफर्मर राख्ने बेलामा उक्त फिडरबाट सप्लाई भएका सबै ग्राहकको लाईन काटीएको हुन्छ ।
छ . बिद्युत माग बढ्दै गए अनूसार ११ के.भी.,एल.टि . लाइन तथा ट्रान्सफर्मरहरुको क्षमता विर्धि गर्नू पर्दा लाइन बन्द गर्नूपर्ने हुन्छ। यस्तो बेलामा पनि सम्बन्धित फिडर वा सम्बन्धित ट्रान्सफर्मरहरुको लाइन मात्र बन्द हुन्छ।
ज. कतै वा कसैका घरमा आगलागी भएमा दुर्घटनाबाट जोगिन सम्बन्धित फिडर नै बन्द गर्नूपर्ने हुन्छ र सो ठाउमा कर्मचारी नपूगून्जेलसम्म बत्ती बन्द नै हुन्छ ।
झ. एच.टि. लाइनमा काग, चमेरो जस्ता चराहरु बसेर लाइन शर्ट गराउदा फिडर ट्रीप वा तार चुडिने गर्छ । त्यस्तो समयमा घटनास्थलमा पूगी समस्या सामाधान गरेमा लाइन चालू हुन्छ ।
2. हूरी बतास/पानी परेको बेलामा ।
प्राय:जसो पानी वा सामान्य हावा आएकोे बेलामा लाइन बन्द गरिदैन् । तर पानी परेको कारण कतै पोल ढलेमा वा पानीको कारण बांस वा रुखका हांगाहरु लाइनलाई छुन गएमा लाइन फल्ट भई ट्रीप हुन्छ र त्यो फल्ट नबनाउन्जेल सम्म बत्ती आउदैन् । हूरी बतास आएको बेलामा दुर्घटनाबाट बच्न लाइनहरु बन्द गरिएका हुन्छन र हूरी बतास बन्द भए पश्चात हूरी बतासबाट भएको क्षत्ति निरीक्षण गरी हूरी बतासले बिगारेको लाइनहरु मर्मत संभार पश्चात मात्रै लाइन चालू गरिन्छ । यस्तो बेलामा हूरी बतासले पूरयाएको क्षत्तिपुर्तिको अवस्था हेरी लाइन आउने समय भन्न सकिन्छ ।सामान्य अवस्था मा पनि पानी परेको बेला लाईन ट्रिप हुने गर्छ ।
3. सिस्टम ट्रीप/फेल भएमा ।
सिस्टम भनेको राष्टिय प्रसारण लाइन (विधुतको मेरुदण्ड) हो जहा पावरहाउसवाट आएका लाइनहरु र पावर ग्रिडमा गएका लाइनहरु जोडिएका हुन्छन । यसलाई नेशनल ग्रिड पनि भनिन्छ । एक्कासि विधुतको खपत कम वा बढी भएमा सिस्टम ट्रीप हुन्छन । यस्तो बेला कतै पनि बत्ती हुदैन र सिस्टम रिकभर हून लगभग एक घन्टा जति लाग्न सक्छ ।
4. राष्टिय प्रसारण लाइनमा समस्या आएमा वा मर्मत संभार गर्नूपरेमा ।
कहिले काही राष्टिय प्रसारण लाइनको तार चुडिएमा वा डिस्क इन्सुलेटर बिग्रेमा पनि सिस्टम ट्रीप हुन्छ । यस्तो केसमा जून सेक्शनमा समस्या आएको हुन्छ, त्यो सेक्शनलाई छुट्याई बाँकी लाइन सूचारु गरिन्छ र समस्या आएको सेक्शनको उचित मर्मत संभार पश्चात मात्रै लाइन सूचारु हुन्छ । यदि तपाई समस्या आएको सेक्शनमा पर्नूभएको छभन्ने त्यहा समस्याको प्रकृति हेरी २ घण्टा देखि एक दूई दिन पनि लाग्न सक्छ ।
5 . ग्रिड स्वस्टेशन रहेका उपकरणहरुका मर्मत संभार वा अपग्रेड गर्नू पर्ने भएमा ।
पावरहाउसवाट उत्पादन भई आएको बिधुत लाइन प्रसारण लाइन मार्फत पावर ग्रिडमा आउछ र त्यहा भोल्टेजलाई उचित स्तरमा डाउन गरी ११ के.भी., ३३ के.भी. र ६६ के.भी. का फिडरहरु मार्फत ग्राहकहरु कहा पुर्याइन्छ। ग्रिड स्वस्टेशन पावर ट्रान्सफर्म सहित कन्ट्रोलिङ्ग तथा मिटिरिंग उपकरणहरु हुन्छन । विधुत खपतको मागसंगै स्वस्टेशन भित्र रहेका उपकरणहरुलाई समय समयमा अपग्रेड गर्नूको साथै समय समयमा ती उपकरणहरु मर्मत संभार कार्य पनि गर्नूपर्ने नै हुन्छ। ग्रिड वा स्वस्टेशनमा गरिने यी कामहरु बत्ती ननिभाई गर्न सम्भव हूदैंन । यस्तो बेलामा ती स्वस्टेशनबाट प्रसारण भएको क्षेत्रमा बत्ती हूदैन र कार्य र समस्याको प्रकृती अनूसार बत्ती कति खेर आउछ भन्न सकिन्छ ।
बत्ती गएको बेला कर्मचारीहरु के गरिरहेका हुन्छ त ?
………………………………………………………………………………………..
ने.वि.प्रा., वितरण केन्द्रका कर्मचारीहरु सिफ्ट अनूसार नोलाइट /मर्मत संभार डियुटीमा खटिएका हुन्छन। नोलाइटमा रहेको इमर्जेन्सी फोन बाट ग्राहकहरुले टिपाएका समस्याहरु कम्पलेन रजिस्टरमा टिपेर सोको सामाधानमा खटिएका हुन्छन।११ के.भी. लाइन फल्ट /ट्रीप भएको बेलामा स्वस्टेशनमा रहेको कर्मचारीले जानकारी गराएपछि मात्रै नोलाइटका कर्मचारीहरुले थाहा पाउछ र उनीहरु लाइन फल्ट भएको स्थान पत्ता लगाउन जान्छन जस्लाई हामी लाईन पेट्रोलिङ भन्छौ र फल्ट पत्ता लगाई पोल मा चढि लाईन मर्मत गरी लाइन चालू गर्ने काम गर्छन । यस्तो बेलामा तार चुडिएको वा पोल ढलेको वा इन्सूलेटर पडकि फुटेको /पंचर भएको जानकारी नजिकको ग्राहकले जानकारी गराएमा कर्मचारीहरु सो स्थानमा पूगी मर्मत संभार गरी छिटो लाइन सूचारु गर्न सकिन्छ । कसैको घरको लाइनमा, एल.टि . लाइनमा, वितरण ट्रान्सफर्मरमा समस्या आई बत्ती नबलेको जानकारी सम्बन्धित ग्राहकहरुले जानकारी नगराउन्जेलसम्म कर्मचारीहरुलाई थाहा हूदैन । यस्तो बेलामा ग्राहकहरुले गराएको जानकारी अनूसार कर्मचारी फिल्डमा गई निरीक्षण गरी समस्या सामाधान पश्चात बत्ती बल्छ । ११ के.भी. तथा ४०० /२३० भोल्ट लाइनमा रहेका इन्सुलेटरहरु फुट्नु वा पन्चर हूनू र सो इन्सुलेटर पत्ता लगाउन लाग्ने समयको ठेगान नहूंदा बत्ती आउने समय भन्न सकिने अवस्था हूदैन ।
बत्ती छैन भने ग्राहकले के गर्ने ?
………………………………………………………..
1. सामान्य अवस्थामा लाइन ट्रिप मात्र भएको छ भने ५ मिनेट पछी लाइन आउछ ।कम्ती मा ५ मि लाईन आउन कुर्नु पर्ने हुन्छ ।
2. बत्ती जाने कारणहरु थाहा पाईसकेपछि बत्ती गयो भने के गर्ने त ? त्यसको लागी सबभन्दा पहिले निम्न कूराहरु पत्ता लगाएर मात्रै सम्बन्धित नोलाइटको फोनमा फोन गरेर कर्मचारीसंग सम्पर्क गर्नुपर्छ ।
3. आफ्नो घरमा बत्ती छैन तर छिमेकीको घरमा बत्ती छ भने घरमा जडान रहेको विधुत मिटर , एमसीबी, सर्भिस केबल चेक गर्ने र समस्या देखिएमा नजिकको नोलाइटमा फोन गरी कम्प्लेन लेखाउने ।
4. केही घरमा बत्ती हूने र केही घरमा बत्ती नहूने वा बत्ती डिम भएमा वितरण ट्रान्सफर्मरको फ्यूज वा कतै लाइनको जम्पर गएको हून सक्छ । यस्तो बेला पनि नजिकको नोलाइटमा सम्पर्क गरेर जानकारी गराउने ।
5. गांउ वा टोल मै बत्ती छैन भनेअर्को टोल वा गांउमा बत्ती छ कि छैन पत्ता लगाउने । अर्को टोल वा गांउमा पनि बत्ती छैन भने केही समय प्रतिक्षा गरेर बस्नु कर्मचारीहरु कतै न कतै कूनै समस्या सामाधान गरीरहेका हुन्छन र बत्ती आउछ । यस्तो बेलामा फोन गरिराख्नू पर्दैन ।
6. वरिपरि कतै बत्ती बलेको देख्नू भएको छैन भने लाइन सटडाउन वा मर्मत संभार भइरहेको हुन्छ र सटडाउन फिर्ता वा मर्मत संभार पश्चात बत्ती आउछ । यस्तो बेलामा फोन गरिराख्नू पर्दैन ।
7. हावाहूरी/पानी परेको बेलामा बत्ती गएको छ भन्ने हावाहूरी/पानी पश्चात लाइनमा कूनै समस्या छैन भन्ने बत्ती आउछ । यदि समस्या छ भन्ने सामाधान पश्चात मात्र बत्ती आउछ । यस्तो बेलामा आफू वरिपरि लाइनमा केही समस्या देखिएको छ भन्ने तूरन्तै सम्बन्धित नोलाइटमा सम्पर्क गरी जानकारी गराउने ।
विधुतीय संरचना र बत्ती निभ्ने समस्याको बारेमा पक्कै पनि धेरै कूरा थाहा पाउनू भयो होला । कार्यालय वा नोलाइटमा अनावश्यक फोनले कर्मचारी तनावमा मात्रै हूदैंन कि फोनको ट्राफिक जामले गर्दा अति आवश्यक फोन कलहरु समेत समयमा आउन सकेका हूदैन्, जसले गर्दा कतै दुर्घटना निम्ताइरहेको हून्छ भन्ने समयमा काम गर्न सकिरहेको हूदैन् । त्यसैले विद्यूत कार्यालय वा नोलाइtहरुमा बत्ती गएको बेला फोन गर्नू अघि माथि उल्लेखित कूराहरु मनन गर्नू भयो भन्ने पक्कै तपाईको पैसा, समयको बचतको साथै कर्मचारीहरुको तनाव घट्नुको साथै समस्याका सामाधानहरु समयमा नै हूने थियो ।
बिद्युत अफिस को फोन लाईन गाको बेला धेरै विजी हुन्छ किन त?
1. लाईन नभएको बेला सबै जानाले एकै पटक फोन गर्दा ।
2. नो लाईट को कर्मचारी ले फिल्ड मा भएको कर्मचारी लाई संपर्क गर्दा पनि फोन बिजी हुने गरेको छ ।

नेपाल कर्म । २९ जेष्ठ २०८०, सोमबार ११:१७