नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ क्षेत्रमा सहज पहुँच पुर्याउन माग गरेकी छिन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद गौतमले अपांगता भएकाहरू मध्येमा पनि दृष्टिविहीनहरूलाई समस्या परेको बताइन् ।


दृष्टिविहीनहरूलाई कतिपय बैंकले साक्षीबेगर खाता खोल्न नदिने र खाता खोलेपछि पनि एटीएम र मोबाइल बैंकिङ सेवाहरूको उपभोग गर्न नदिएको बताइन् ।

नेपाल कर्म । ४ असार २०८१, मंगलवार १५:२१