गृहमन्त्रीलाई कांग्रेस सांसद राणाको प्रश्नः सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ?

नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भन्दै प्रश्न गरेका छन् ।



मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरे पनि सो अनुसार काम गर्न नसकेको बताए ।

मेरो प्रश्न गृहमन्त्रीज्यूलाई । तपाईंलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो । गृहमन्त्रीज्यू यो नारा कहाँ गयो ?’ सांसद राणाले प्रश्न गरे ।

बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरूको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन राणाले सरकारलाई सचेत गराए । बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने उनको सुझाव छ ।

‘हामीलाई योभन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ ? सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने ? त्यो आधारमा बजेट किन अघि बढ्न नसक्ने ? राणाले प्रश्न गरे, किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने ? हामीहरू भनेको जनताको प्रतिनिधिहरू पनि हो । अब आउने दिनमा ओपन बजेटको कन्सेप्टमा हामीले जनता कहाँ पनि सुझाव लिनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया