नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णालीलाई गरिब प्रदेश भनेर सरकारले हेपेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थानीले गरिब प्रदेश भनेर कर्णालीलाई हेपेको हो कि के हो भनेर सरकारलाई प्रश्न गरेका हुन् । सांसद थानीले बजेट पर्याप्त नभए कर्णालीका सांसदहरूले संसद घेर्ने चेतावनी दिए ।


उनले कर्णालीमा सडकको स्तरबारे सरकारले सोच्नुपर्ने बताए । कर्णालीमा गाडीमा यात्रा गर्दा धेरै मानिसले अकालमा ज्यान गुमाउनु परिरहेको उनले बताए ।
‘सुर्खेत–जुम्लाको बाटोलाई अत्यन्त न्यून बजेट राखिएको छ । हामीले कहिलेसम्म बाटोकै कारण कहिलेसम्म मृत्युवरण गरिरहुनपर्ने हो,’ उनले भने, ‘हामीलाई एक लेनको बाटो नपाएर दुर्घटनामा पर्नुपरेको छ । आ–आफ्नो क्षेत्रमा बजेट छुट्याइएको छ । कसैलाई रमिता गर्ने पैसा छुट्याइएको छ ।’

नेपाल कर्म । ४ असार २०८१, मंगलवार १३:१३