मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट तीन जना किसान पुरस्कृत

सुर्खेत । मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम अन्तर्गत तीन जना कृषकलाई पुरस्कृत गरिएको छ। सोमबार भुमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयले एक कार्यक्रमबीच सुर्खेतका तीन जना किसानलाई पुरस्कृत गरेको हो।



यसरी पुरस्कृत हुनुनेमा वीरेन्द्रनगर नगरपालिकाका २ जना र गुर्भाकोट नगरपालकिा १ जना गरि तीन जना किसान रहेका छन्। भैसी पालन र तरकारी खेती गर्दै आएका गुर्भाकोट नगरपालिकाका गोविन्द ओलीलाई प्रथम पुरस्कार वितरण गरिएको छ। ओलीले गुर्भाकोट नगरपालिका १३ नम्बर वडामा दाजुभाइ कृषि तथा पशुपन्छी फर्म सञ्चालन गर्दै आएका छन्। ओलीलाई प्रमाण पत्र सँगै नगद ४० हजार रकम दिएर सम्मान गरिएको हो।

यस्तै, दुर्गा पशु कृषि तथा च्याउ फर्म सञ्चालन गरेर च्याउ खेती गर्दै आएका वीरेन्द्रनगर नगरपालिका ११ का इमानसिंह बस्नेत दोस्रो पुरस्कार प्राप्त गरेका छन्।

उनलाई प्रदेश सरकारले नगद ३० हजार रकम र प्रमाण पत्र वितरण गरेको छ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा श्याम कृषि फर्म संचालन गर्दै आएका श्याम पुरीले सरकारबाट तेस्रो पुरस्कार पाएका छन्। उनलाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत कृषि विकास निर्देशनालयले नगद २० हजार रकमसहित प्रमाण पत्र दिएर सम्मान गरेको छ।

पुरस्कार ग्रहण गर्दै किसान ओलीले सरकारले किसानहरुलाई खोजीखोजी सम्मान गरेको भन्दै खुसी व्यक्त गरे। साथै ओलीले सरकारले किसानहरुलाई गर्ने यस्ता पुरस्कारहरुले विदेशीने युवाहरुलाई स्वादेशमै कृषि कर्म गर्नुपर्छ भन्नेतर्फ उत्सुक्ता जगाएको बताए।

यस्तै, कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सुर्खेत जिल्ला पछिल्लो समय कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै जाँदा कृषि खेतीमा युवाहरुको आकर्षण बढ्दै गएको दाबी गरे।

उक्त पुरस्कार वितरण कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले यो कार्यक्रम आगामि दिनमा आम कर्णालीबासीका किसानहरु समक्ष पुग्ने गरेर कार्यक्रमको आयोजना गर्नुपर्ने बताए।

आम नागरिकका लागि पहिलो आवश्यकता पुर्ती गर्ने माध्यमम कृषि नै भएको भन्दै मन्त्री शाहले कृषि पेसामा रहेका किसानदेखि, अगुवा, प्राविधिक, कृषि विज्ञ, डाक्टरहरु र कृषि मन्त्रालयले थप जागरिलो भएर काम गर्नुपर्ने बताए।

यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सम्मानित तीनैजना किसानलाई बधाई दिँदै नागरिकलाई कृषि क्षेत्रबाट स्वरोजगार बनाउनका लागि प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

तपाईको प्रतिक्रिया