वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । सोमबार वीरेन्द्रनगर नगरपालिका ११ मा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका ११ पिपिराका ३२ वर्षीय विद्याप्रसाद रेग्मी र सोही ठाउँका ३१ बर्षिया लक्ष्मी कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । प्रवक्ता विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनिहरुको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया