मेनिया एक किसिमको मानसिक रोग हो । जसलाई चिन्ता र डिप्रेसनको रोगअन्तर्गत वर्गीकरण गरेको पाइन्छ । यो रोग लागेपछि व्यक्तिको भावना तथा संवेग असामान्य रुपमा परिवर्तन हुन गएर व्यक्तिको व्यवहार, सोच, निद्रा तथा सामाजिक अन्तरसम्बन्ध असन्तुलित देखिन थाल्छ ।


डिप्रेसन निराशा हो भने मेनिया त्यसको ठीक उल्टो उत्तेजना र खुसी हो । यस रोगमा विना कारण मानिस खुसी हुने, हाँस्ने, धेरै बोल्ने, नाच्ने र गीत गाउने जस्ता कुनै क्रियाकलाप गरिराख्न मन पराउँछन् । त्यस्तै एक्कासि रिसाउने, धैर्य गर्न नसक्ने र यौनेच्छा बढी हुनेजस्ता लक्षण पनि देखापर्छ । यो सबै मान्छेमा हुन्छ, जस्तै– मुड स्वीङ वा अत्याधिक मन पराउनु । यसले दैनिक जीवनमा कुनै पनि नकारात्मक असर पारेको छैन भने यसलाई सामान्य रुपमा लिन सकिन्छ तर व्यक्तिगत र व्यावसायिक जीवनमा कम्तीमा ६ महिना अघिदेखि असर गरेको छ भने यसलाई मानसिक रोगका रुपमा लिइन्छ ।


नेपाल कर्म । ३ असार २०८१, सोमबार १७:२६