जापानमा दुर्लभ ब्याक्टेरियाको संक्रमण फैलिरहेको छ । देशभरमा करिब एक हजार जनामा यो दुर्लभ ब्याक्टेरियाको संक्रमण देखिएको छ । स्ट्रेप्टोकोकस ब्याक्टेरियाका कारण लाग्ने यस रोगलाई स्ट्रोप्टोकोकलल टक्सिस शक सिन्ड्रोन (एसटीएसएस) भनिएको छ । यो ब्याक्टेरिया शरीरमा छिरेको ४८ घण्टामै मानिसको मृत्यु हुने समेत जनाएकाे छ ।

जापानको नेशनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिजका अनुसार जुन २ सम्ममा देशभरमा एसटीएसएसका ९७७ जना बिरामी भेटिएका छन् । गएको वर्षभरि देशभरमा यस रोगका ९४१ जना बिरामी भेटिएका थिए । ‘अधिकांश मृत्यु ४८ घण्टाभित्रै भइरहेको छ,’ टोकियो वूमन्स मेडिकल युनिभर्सिटीमा संक्रामक रोग प्राध्यापक केन किकुचीले भनेका छन् । शुरुआती लक्षण देखिएको ४८ घण्टाभित्रै बिरामी मरिरहेको उनले बताएका छन् ।

सङ्क्रमणको हालको दरमा, जापानमा यस वर्ष ३० प्रतिशतको मृत्युदरका साथमा सङ्क्रमितको सङ्ख्या २५०० पुग्न सक्छ,” टोकियो वुमेन्स मेडिकल युनिभर्सिटीका संक्रामक रोगका प्राध्यापक केन किकुचीले भने, बिरामीले बिहान खुट्टा सुन्निएको महसुस गर्छन्। दिउँसोसम्म यो घुँडासम्म फैलिन सक्छ र ४८ घण्टाभित्र मृत्यु गराउन सक्छ।

अन्य देशहरूमा यो ब्याक्टेरियाको प्रकोप देखिएको बताइएको छ। सन् २०२२ को अन्तमा कम्तीमा पाँच युरोपेली राष्ट्रहरूले विश्व स्वास्थ्य संगठनलाई ए स्ट्रेप्टोकोकस (आइजिएएस) देखिएको बताएका थिए।
डब्ल्युएचओले भने कोभिड १९ महामारीको प्रतिबन्धको अन्त्य पछि केसहरूमा वृद्धि भएको बताएको छ।

नेपाल कर्म । ३ असार २०८१, सोमबार १३:०९