काठमाडौं । देशभरका प्राइभेट पेट्रोल पम्प बन्द हुँदा नेपाल प्रहरी, आर्मी र सशस्त्रको पेट्रोल पम्पहरूमा सर्वसाधारणको थेगिनसक्नु भिड बढेको छ।

पेट्रोलियम ढुवानी मजदुरहरुले आइतबारबाट विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनपश्चात प्राइभेट पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थ बिक्री बन्द गरेका छन्।


प्राइभेट पम्पहरूबाट वितरण रोकिएसँगै सरकारी आइतबार रातिदेखि नै प्रहरी र सेनाका सरकारी पेट्रोल पम्पहरूमा सर्वसाधारणको भिड लागेको हो।

नेपाल कर्म । ३ असार २०८१, सोमबार १२:०७