सुर्खेत । मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) २०८१ को अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिएका छन ।

यस पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना (मुबाकरबाद) व्यक्त गर्दै उनले विभिन्न जात/जाति, भेषभुषा, संस्कृति र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावणलाई अझ मजबुत बनाउने विश्वास लिएको बताएका छन ।


आज एक शुभकामना सन्देश व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले, “मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग र द्वेषलाई बिर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ । यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन हुनुका साथै जातिय, धार्मिक एवं साँस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि भई राष्ट्रिय एकता थप सुदृढ हुने अपेक्षा गरेको छु ।”
‘बकर इद’ पर्वले सबै नेपालीहरुबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र जात÷जातिबीचको सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा सबैमा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेका थिए ।

नेपाल कर्म । ३ असार २०८१, सोमबार ११:०२