सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कोभिड–१९ को भोगाई समेटिएको ‘ब्याधी र बिजय’ नामक पुस्तक बजारमा ल्याएका छन् ।

कोभिड–१९ को संक्रमणपछि एक वर्ष लामो उपचारपछि निको भएका सचेतक विष्टले भोगाई समेटिएको पुस्तक आइतबार एक कार्यक्रमका बीच कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले विमोचन गरेका हुन् ।


कोभिड–१९ को पहिलो लहरपछि नयाँ भेरियन्टका साथ दोस्रो लहर चलेका कारण सरकारले २०७८ साल वैशाख १६ गते पुनः लकडाउन भएको बेला आफुलाई कोभिड–१९ संक्रमित भइसकेको पुस्तकका लेखक विष्टले बताए ।

नेपाल कर्म । २ असार २०८१, आईतवार १५:४६