रानीघाटमा डुवेका युवाहरु अझै भेटिएनन

सुर्खेत । भेरी नदीमा डुवेर वेपत्ता भएका दुई जनाको युवाको अझै भटिएका छैनन् । वीरेन्द्रनगर–२ मा पर्ने रानीघाटस्थित भेरी नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका दुवै जना भेटिएका छैनन् । गर्मी छल्न नदीमा पौडी खेल्ने क्रममा दुवै जना डुवेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।



वेपत्ता हुनेमा कालिकोट घर भइ हाल वीरेन्द्रनगरको खजुरा बस्दै आएका १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुपेन्द्र केसी रहेको प्रवक्ता विश्वकर्माले बताए । दुवै जना शनिवार दिउँसो पौने ४ बजेतिर नदीमा हराएका हुन ।

मुलपानी–तेलपानी–भुरीगाउँ जोड्न सडक खण्डको रानीघाटको भेरी नदीमा अलपत्र रहेको पल नजिकैबाट उनीहरु पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् । प्रहरीले हराएको क्षेत्रमा खोजी जारी राखेपनि भेटाउन नसकेको जनाएको छ ।

‘हाम्रो टोलीले भेटाउन नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली पठाउन लागेका छौं,’ प्रवक्ता विश्वकर्माले भने, ‘यसअघि पनि त्यहीँ ठाउँबाट नदीमा वेपत्ता भएका एक युवा रानीघाटको झोलुङ्गे पुलको मुनी भेटिएका थिए । शनिवार हराएका पनि त्यहीँ आसपासमा भेटिन सक्ने भएकाले गोताखोर टोली घटनास्थलतर्फ जाँदैछ ।’

तपाईको प्रतिक्रिया