साउथ एसियन स्कुलमा सचेतनामूलक कार्यक्रम

सुर्खेत । जिल्ला प्रहरी कार्यलय सुर्खेतले लागुऔषध घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । विहिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर नगरपालिकाको निजी विद्यालयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।



प्रहरीले वीरेन्द्रनगर नगरपालिका–३ मा रहेको साउथ एसियन स्कलर्स एकेडेमी र जागरण सल्लाघारी टोलमा उक्त कार्यक्रम सन्चालन गरिएको हो ।  कार्यक्रममा विद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय सुर्खेतका अपराध अनुसन्धान शाखाका प्रहरी बरिष्ट नायव निरीक्षक राजु पुरी र उजुरी छानविन शाखाका प्रमुख प्रहरी बरिष्ट नायव निरीक्षक दिपेन्द्र कुमार केसीको उपस्थिति रहेको थियो ।

लागुऔषध घरेलु हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम विरेन्द्रनगर नगरपालिकाको सहकार्य र जिल्ला प्रहरी कार्यलयको आयोजनामा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया