हेटौंडा । बागमती प्रदेश सरकारले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको छ। शुक्रवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मन्त्रिपरिषदको बैठकले निर्णय सार्वजनिक गर्दै आयुर्वेदिक औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइज स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।


त्यसैगरी बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ स्विकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषद्को बैठकले बागमती प्रदेशको दोश्रो आवधिक योजना २०८१र८२ देखि २०८५र८६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताए।

नेपाल कर्म । ३२ जेष्ठ २०८१, शुक्रबार ११:३२