खानेपानीको माग राख्दै डोका र गाग्री बोकेर चौकुने घेराउ

सुर्खेत । सुर्खेत पश्चिममा पर्ने चौकुने गाउँपालिकास्थित रेक्चाका नागरिकहरूले खानेपानीको माग राख्दै गाउँपालिका घेराउ गरेका छन् । खानेपानीका लागि भूमिगत कुवा रहेकोे रेक्चामा यो वर्ष बढ्दो गर्मीका कारण सुकेपछि स्थानीयहरूले पालिका घेराउ गरेका हुन् ।



चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चामा झण्डै ४० घरधुरी रहेका छन् । सुख्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकुल बनेका स्थानीयहरूले गाग्रीसहित पालिकामा पुगेर प्रदर्शन गरेका हुन् । २१ औं शताब्दीमा एक गाग्री पानीका लागि कहिलेसम्म कुर्नुपर्ने सरकार भन्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् । रेक्चा खानेपानी संघर्ष समिति नै गठन गरेर बाध्य भएर प्रदर्शन गर्नुपरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया