कर्णाली नदीको झोलुंगेपुल तत्काल बनाउन सांसद श्रेष्ठकाे माग

सुर्खेत । कर्णाली नदीको झोलुंगेपुल तत्काल मर्मतसुधारक गर्न सांसद सूर्यकुमारी श्रेष्ठले माग गरेकी छिन्। आज प्रतिनिधिसभाको बैठकमा उनले पुलका कारण दैलेख र अछामका नागरिकलाई आवातआवतमा समस्या भएको भन्दै सरकारसँग यस्तो माग गरेकी हुन्।



उनले भनिन्,‘कणार्ली नदीमाथिको झोलुंगेपुलको लठ्ठा भाँचिन गई ८ घण्टासम्म खच्चडहरू फसेकाले हामी दुखी र मर्माहित छौँ,हाल त्यहाँ पुलमा रोक लगाइएको छ,तर त्यो पुलबाहेक अन्य विकल्प नभएकाले मानिसहरू बाध्यताबस आवतजावत गरिरहेको बुझिन्छ,विद्यार्थीहरूलाई प्रत्यक्ष असर पुगेको छ,वर्षात नजिकिँदै गरेकाले झनै समस्या हुन्छ,त्यसैले मर्मतसुधार तत्काल सरकारले गरोस् भनी माग गर्दछु।’

गत आइतबार बिहान ९ बजे कर्णाली नदी माथिको झोलुंगे पुल हुँदै खच्चडहरू नदी पार गरिरहेका थिए। तर, ती खच्चड पार गर्दै गर्दा लठ्ठा चुँडिएर १३ वटा खच्चड पुलमै अड्किए। जसमध्ये ११ वटा उद्धार र दुई वटाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया