वासिङ्टन डीसी । कोरोना भाइरसको महामारी फैलिएको चार वर्षभन्दा बढी भइसकेको छ । सङ्क्रमण रोकथाम गर्ने उपायहरू र खोपको उपलब्धताले रोगको गम्भीरता घटाएको छ ।

कोरोना जस्तै गरी इन्फ्लुएन्जा भाइरसको सङ्क्रमणका कारण हरेक वर्ष विश्वभर लाखौँ मानिस बिरामी परिरहेका छन् । यी सङ्क्रामक रोगहरू रोक्न वैज्ञानिकहरू अब एक तिरबाट दुई सिकार गर्ने प्रयासमा छन् ।


अमेरिकी फर्मा कम्पनी मोडेर्नाको अनुसन्धान टोलीले कोभिड–१९ र फ्लू दुबै विरुद्ध काम गर्ने विशेष खालको खोप बनाइरहेका छन् । यो खोपले यी दुवै सङ्क्रामक रोगहरूबाट बचाउने बताइएको छ । यो खोपले फरक फरक खोपले भन्दा राम्रो परिणाम दिएको बताइएको छ ।

नेपाल कर्म । ३० जेष्ठ २०८१, बुधबार १५:२९