दलित समुदायको हकलाई सम्बोधन गरेको छैन : सहमहामन्त्री परियार

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले संविधानमा उल्लेख गरिएअनुरुप दलित समुदायको हक, अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।



प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले संविधानको धारा ४० ले दलित समुदायलाई विभिन्न हक, अधिकार दिएको भए पनि त्यसको कार्यान्वयन गर्नमा सरकारले ध्यान नदिएको बताए । उनले दलित समुदायको हक, अधिकार सुनिश्चित गराउन सरकारको ध्यानाकर्षण गराए । उनले दलित समुदाय ४५ लाखको हाराहारीमा रहेका र त्यसमध्ये ९० प्रतिशत दलितहरू गरिबीको रेखामूनि रहेका भन्दै उनीहरूको पक्षमा सरकारले कुनै कार्यक्रम ल्याउन नसकेको उल्लेख गरे ।

उनले छुवाछुतमुक्त राष्ट्र घोषणा भए पनि कार्यान्वयन हुन नसकेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

तपाईको प्रतिक्रिया