बैंकिङ कसूर मुद्दामा फरार एक प्रतिवादी पक्राउ

सुर्खेत । बैंकिङ कसुर मुद्दाका ५ लाख जरिवाना र १ महिना कैद तोकिएका विगत १२ बर्ष देखी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।



वीरेन्द्रनगर नगरपालिका–९ बस्ने ४० बर्षीय श्यामलाल चौधरीलाई खोजतलासको क्रममा बुधबार लाटिकोईलीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एंवम् प्रहरी नायव उपरीक्षक बीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।

जिल्ला अदालत सुर्खेतले २०६८ पुष महिनामा बैंकिङ कसुर मुद्दामा नगद ५ लाख जरिवाना र १ महिना कैद सजाय तोकेको थियो । पक्राउ परेको श्यामलाल चौधरीलाई जिल्ला अदालत सुर्खेतमा हजिर गराइएको छ ।

तपाईको प्रतिक्रिया