रुपन्देही । रुपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाईते भएका छन । दाङबाट काठमाडौं जाँदै गरेको रा १ ख २७८३ नम्बरको बस गए राति सैनामैना नगरपालिका वडा नं १० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टले जनाएका छन् ।


घाइतेलाई बुटवलको चौराहा हस्पिटल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ। बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।

नेपाल कर्म । ३० जेष्ठ २०८१, बुधबार ११:२१