लागुऔषध सहित एक यूवक पक्रउ

सुर्खेत । विरेन्द्रनगर नगरपालिका –८ ईगरब्रिज स्कुल नजिकैबाट लागुऔषध ब्राउन सुगर सहित प्रहरीले एक यूवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ बस्ने २७ बर्षीय विरेन्द्र शाही रहेका छन ।



सोमबार अस्थाई प्रहरी बिट बसपार्कको टोली र लागुऔषध नियन्त्रण ब्युरो शााखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले शरीर चेकजाच गर्ने क्रममा शाहीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो खैरो धुलो पदार्थ नापतौल गर्दा शुद्ध एक सय २० मिलिग्राम सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका शाहीमाथी जिल्ला प्रहरी कार्यालय सुर्खेतले थप अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया